चन्द्र पौडेल

विराटनगर, २५ मंसिर । लामो समयदेखि शिक्षा क्षेत्रमा अब्बल रहँदै सावित रहेका विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा प्राचार्य पदमा रहेर अविछिन्न योगदान दिदैँ आएका धर्मानन्द खरेललाई विदाई गरिरहदा“ धेरैका आँखा मालिन देखिन्थे । 

शिक्षण पेशामा करिव आधा शताब्दीको अनुभव बटुलेका र शैक्षिक क्षेत्रको सुधारमा अतुलनीय योगदान दिएका खरेल २०४८ सालमा स्थायी शिक्षकबाट आफ्नो शिक्षण प्रारम्भ गरेका थिए । झापाको दमक र गौरादहका विद्यालय हुँदै सत्यनारायण मा.विमा टेकेको ३६ वर्षपछि उमेर हदका कारण अवकास लिएका छन् । २०६५ सालदेखि सत्यनारायण माध्यमिक विद्यालयको नेतृत्व सम्हालदैं आएका थिए । 

विद्यालयको अनिवार्य अवकाश प्राप्त गर्ने अन्तिम दिनसम्म प्रधानाध्यापक भएर विद्यँलय र विद्यँर्थीलाई अतुलनीय योगदान दिनुभएको छ । उहा“ विद्यँलयमा ३६ वर्षसम्म रहि अध्यापन गराउनुभएका प्रअ खरेल एकदमै शालिन स्वाभावका हुनुहुन्छ । सोही समय देखि निरन्तर विद्यँलयको शिक्षा र विद्यालय व्यवस्थापनमा सेवा गर्दै आउनु भएको थियो, भौतिक तथा विद्यँलयको अवस्था नाजुक थियो, भौतिक तथा सामाजिक र आर्थिक क्षेत्रमा अपुर्ण विद्यँलयमा अध्यापन गराउदै थुप्रै समस्याहरु भोगेको उहा“को अनुभव छ । निरन्त्र एउटै विद्यँलयमा ३६ वर्ष अध्यापन गराउदै गर्दा भोगिरहेका समस्याहरुलार्ई चिर्दै विद्यँर्थीको उज्जवल भविष्यका लागि निरन्तरता दिनु भयो । विद्यँलयको सबैभन्दा पुरानो शिक्षक,प्रअलाई बिदाई गर्दै गर्दा बिदाई कार्यक्रममा बोल्ने वक्ता तथा विद्यँर्थीहरु भावुक देखिएका थिए ।

318328639_587276730065188_83402553900730220_n

सत्यनारायण माध्यमिक विद्यालयलाई विराटनगरकै गुणस्तर शिक्षा प्रदान गर्ने विद्यालयकोस्तरमा परिणत गरेकै कारण निजी विद्यालय छोडेर त्यहाँ भर्ना हुनेको संख्या वर्षेनी बढ्दै गएको छ । खरेलकै कार्यकालमा सत्यनाराण मा.विमा विद्यालयले शैक्षिक सुधार अन्तर्गत कक्षा ६ देखि १२ सम्म अग्रेजी माध्यमको पढाई सञ्चालन गर्दै आएको छ । त्यस बाहेक बिहानी सिफ्टमा नेपाली माध्यम पनि सञ्चालन गर्दै आएको छ । प्राविधिक धार अन्तर्गत इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गसहित कानुन, म्यानेजेमेन्ट,मानविकी विषयमा कक्षा ११ र १२ मा पढाई हुँदै आएको छ ।

mmmmmmmm

खरेलले विद्यालयलाई सुधार गर्ने कुरामा सफल हुनका लागि सबैको साथ र सहयोग पाएको बताएका छन् । विद्यालयका शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी र अभिभावकले सधैं सकारात्मक सहयोगकै कारण स्तर सुधार गर्न सकिएको खरेलको बुझाई छ । खरेलको अवकाससँगै सत्यनारायण मा।वि।को नेतृत्व सोही विद्यँलयका शिक्षक पुरुषोत्तम गुरागाँईले पाएका छन् । निमित्त प्रअको जिम्मेवारी पाएका गुरागाँईलाई व्यवस्थापन समितिले प्रअको जिम्मेवारी तोक्ने छ । विद्यालयका निमित्त प्रअ गुरागाँईले  शिक्षक, कर्मचारी, विद्यँर्थी, अभिभावक लगायत  शिक्षा क्षेत्रका अगुवाहरुको उपस्थितिमा कदर पत्र, उपहार, खादा, माला र अबिर साथ बुधबार एक कार्यक्रमका बीच भव्य सम्मान गर्दै विदाई गरेका छन् ।