उज्यालो पत्र संवाददाता
बिराटनगर । सामुदायिक सेवा केन्द्र तिनपैनी एवं लर्ड बुद्ध निकेतन विध्यालयले संयुक्त रुपमा, बिराटनगर तिनपैनीमा बुधबार ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा पैदलयात्रीले कसरी सुरक्षितसाथ बाटो काट्ने, सवारी चलाउँदा के के कुरामा ध्यानमा दिने लगायताका सुचनाहरु प्ले कार्डमा लेखेर यात्रुहरुलाई सचेतना गराइएको थियो । कार्यक्रम बिराटनगर तिनपैनी चोकमा प्रहरी बिट अगाडि भएको हो ।

प्रहरी निरीक्षक राज कुमार कार्की र सामुदायिक सेवा केन्द्र तिनपैनी अध्यक्ष मिना जोशी,लर्ड बुद्ध शिक्षा निकेतन माविका विद्यार्थीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, अस्थायी प्रहरी विट तिनपैनीका प्रतिनिधि, वडा प्रहरी कार्यालय नगरका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष जोशीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।



















