उज्यालोपत्र संम्वाददाता 

बेलबारी । मोरङको बेलबारी नगरपालिका–७ का स्थानीयबासीले चिसाङ खोला र क्रसरहरुबाट ढुङ्गा–गिट्टी ढुवानी हुने सवारीसाधनहरु लाई यतिबेला बाटोमा बासले छेकेर आवतजावत बन्द गरेका छन् ।

लामो समयदेखि सडकको स्तान्नति नभएपछि ग्रामीण क्षेत्रकै अत्यन्त ब्यस्त हुने उक्त सडक हिउ“दामा धुलाम्मे र बर्खामा हिलाम्मे हुने र लामो समयदेखि सडकको स्तान्नति नभएपछि जीर्ण बनेको छ । सामान्यतया पैदल यात्री, साइकल र मोटरसाइकलमा यात्रा गर्दा समेत समस्या भएपछि बाध्य भएर आवतजावतमा अबरोध गर्नुपरेको स्थानीयले बताएका छन् । कन्स्ट्रक्सन कम्पनी तथा स्थानीय ठेकेदारहरुका टिपर, ट्रक, ट्याक्टर तथा ठूला सवारी साधनको अत्याधिक आवतजावतले सडक जीर्ण र धुलाम्मे बन्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको गुनासो स्थानीयको छ ।

image_2022-12-06_074719942

सडकबाट उड्ने धुलोकै कारण पसलमा बसेर व्यापार गर्न गाहो हुने विभिन्न रोगले ग्रसित बन्नुपरेको भन्दै सडकमा ओर्लिएर आन्दोलन गर्न बाध्य हुनुपरेको स्थानीय सन्तोष बस्नेतले तत्काल सम्बन्धित निकायले यस प्रति गम्भिर हुनु बताए । धुलोका कारण सडकमा हि“डनेदेखि यहा“ बस्ने सबैलाई विभिन्न किसिमको रोगको सङ्क्रमणले हैरान पारिरहेको स्थानीय व्यापारी मेनुका बस्नेतले भनिन् ।   

सामान्यतया बर्खाझरीले बिगारेका सडकको मर्मत गर्ने काम स्थानीय निकायको वडा कार्यालय तथा गाउँपालिकाको हो । तर, यहाँ सडकमा पैदल यात्रा गर्न समेत समस्या हुदा स्थानीय निकायका जनप्रतिनिधि बेखबर बनेको गुनासो छ ।

सम्बन्धित निकाय वडा कार्यालय, गाउँपालिकाका जनप्रतिनिधिहरुलाई बारम्बार मौखिक रुपमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडकमा नै अबरोध गर्नुपरेको एक स्थानीयहरुको भनाइ छ ।