एजेन्सी । ट्राइ ब्रेकरमा स्पेनलाई स्तभ्द पार्दै मोरक्कोले विश्वकप फुटबलमा इतिहास रचेको छ । मोरक्को पहिलो पटक क्वाटरफाइनल प्रवेश गरेको हो । सन् २०१० को विश्वकप विजेता स्पेन नक आउट चरणबाट नक आउट भयो । निर्धातिर ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । कतारमा जारी विश्वकपमा पेनाल्टी बाट निर्णय लिइएको दोस्रो खेल थियो ।
पेनाल्टीमा स्पेनका खेलाडी लगातार चुक्दा मोरक्कोले बाजी मार्यो । स्पेनका ३ खेलाडीका प्रहार मोरक्कोको गोल किपरले रोकिदिए भने एक खेलाडीको प्रहर पोलमा लागेर फर्कियो । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । त्यसपछि कार्लोस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाए । मोरक्कोका ३ खेलाडीको प्रहार गोल भयो भने १ प्रहार स्पोनका किपरले रोकिदिए ।
मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । बदर बनोउनेले गोल गर्न सकेनन् । समग्रमा ३–० गोलको मद्दतले मोरक्को अघिल्लो चरणको यात्रा गर्न सफल भयो ।



















