मोरङ । गत मंसि र ४ गते सम्पन्न निर्वाचनमा कतिपय जिल्लाहरमा पुराना दलहरु बढारीएका छन् । स्थापित भएको एक वर्ष पनि नपुगेका र राप्रपा लगायतका दलहरुले स्थान ओगटे पछि यो निर्वाचनमा ठुला दलहरु बढारीएका हुन् ।
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ७२ प्रतिशतमा पुराना र ठुला दलहरु रहेका भए पनि यो निर्वाचनमा २८ प्रतिशत स्थानमा सानादलहरु स्थापित भएका छन् । प्रत्यक्ष तर्फको निवाृचनमा १६५ प्रतिनिधि सभा सदस्यय मध्य ११९ सिट कांग्रेस, एमाले र माओवादीले हात पारे भने बाकी रहेका अन्य स्थामा साना दलहरुको हावी हुन पुगेको छ । प्रदेशसभामा पनि ३३० सिटमध्ये २५५ अर्थात ७७ प्रतिशत सिटमा ठुलै दलहरु आए पनि २३ प्रतिशतमा सानादलहरु हावी भएका छन् । २८ जिल्लमा माओवादी शून्य सम्पन्न निर्वाचनमा माओवादी केन्द्रले एक तिहाइ बढी जिल्लामा आफ्नो उपस्थिति देखाउन सकेको छैन । माओवादीले २८ वटा जिल्लामा आफ्नो उपस्थिति नै लदेखाउन सकेन ।
प्रदेश १ का इलाम, झापा, ताप्लेजुंग र धनकुटा जिल्लामा माओवादी उपस्थिति शून्य रहेको छ । तुलनात्मक रुपमा बलियो उपस्थिति भनिएको मधेस प्रदेशका ८ मध्ये ३ जिल्ला बारा, सप्तरी र सिराहामा माओवादीले उपस्थिति देखाउन सकेन । बागमती प्रदेशका अन्य स्थानमा माओवादीको उपस्थिति रहे पनि काठमाडौं उपत्यकामा ४५ सांसद छनोट हुँदा माओवादीको उपस्थिति शून्य रहेको छ । गडणकी प्रदेशका कास्की, नवलपरासी पूर्व, पर्वत, मनाङ, मुस्ताङ र लम्जुङमा माओवादीको उपस्थिति शून्य भयो । लुम्बिनी प्रदेशमा १२ मध्ये अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, प्यूठान, बर्दिया र रूपन्देही माओवादीका कुनै पनि प्रतिनिधि विजयी भएका छैनन् ।
कर्णाली र सुदूरपश्चिममा भने माओवादीको उपस्थिति बलियो देखिएको छ । तर कर्णालीको जुम्ला र सुदूरपश्चिमको बाजुरा र बैतडीमा माओवादीको उपस्थिति हुन सकेन । २४ जिल्लाबाट एमाले बढारियो दोस्रो ठूलो दल बनेको एमालेको २४ जिल्लामा उपस्थिति शून्य रहेको छ । एमालेले प्रदेश १ र मधेसमा बलियो उपस्थिति देखाए पनि अन्य प्रदेशका जिल्लाहरूमा भने कमजोर देखिएको छ । प्रदेश १ को भोजपुरमा एमालेका कुनै प्रतिनिधि विजयी भएका छैनन् भने मधेस प्रदेशका सबै जिल्लामा एमाले प्रतिनिधि विजयी भएका छन् । बागमतीका ६ वटा जिल्ला धादिङ, नुवाकोट, रसुवा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीमा एमालेको उपस्थिति शून्य रहेको छ भने गण्डकी प्रदशेका गोरखा, बागलुङ, मुस्ताङ, मनाङ र म्याग्दीमा एमालेको उपस्थिति शून्य रहेको छ । यहाँ बाट प्रदेश र प्रतिनिधसभा दुबैमा एमाले प्रतिनिधि विजयी हुन सकेका छैनन् ।
लुम्बिनी प्रदेशका दाङ, बर्दिया, रूकुम पूर्ब र रोल्पामा एमालेको उपस्थिति शून्य र हेको छ । कर्णालीका सल्यान, हुम्ला, कालिकोट र रुकुमपश्चिममा एमालेको उपस्थिति शून्य छ । सुदूरपश्चिमका अछाम, डडेलधुरा,दार्चुला, बझाङ्ग र बाजुरामा एमाले बढारीएको छ । १२ जिल्लामा बढारियो कांग्रेस ७७ मध्ये १२ जिल्लाबाट कांग्रेस पनि बढारिएको छ । प्रदेश १ को धनकुटा, सोलुखुम्बु र पाँचथर, मधेसको बारा र सिराहामा उपस्थिति शून्य रहँदा बाागमती प्रदेशका सबै जिल्लामा कांग्रेसको उपस्थिति रहेको छ । गणडकीको पर्वतमा, लुम्बिनीको अर्घखाँची र रोल्पामा, कर्णालीको रुकुम पश्चिम, डोल्पा र जुम्लामा कांग्रेसको उपस्थिति शून्य रहेको छ भने सुदूरपश्चिम प्रदेशको डोटीमा पनि कांग्रेसका प्रतिनिधि छैनन् ।



















