आगामी साताबाट सुरु हुने नेपाल टी(ट्वान्टी लिगमा पाकिस्तानका अलराउण्डर हुसेन तालत विराटनगर किंग्समा अनुबन्ध भएका छन् । विराटनगरले आज सामाजिक संजालबाट तालतलाई अनुबन्ध गराएको जानकारी गराएको हो । 

तालतले पाकिस्तानका लागि १ एकदिवसीय अन्तराष्ट्रिय तथा १८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । उनले एकदिवसीयमा २ तथा टी-ट्वान्टीमा ३ सय ९४ रन बनाएका छन् । उनको नाममा ४ अन्तराष्ट्रिय विकेट रहेको छ ।