नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकीकरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन हुने भएको छ ।
माओवादी पार्टी छाडेको सात वर्षपछि पार्टीमा फर्कन लागेका बाबुराम भट्टराईले सर्त राखेर फर्कने भनेपछि नाम परिवर्तन गर्न लागिएको हो । ‘माओवादी केन्द्रले नाम परिवर्तन गर्न र अध्यक्ष पुष्पकमल दाहालपछिको दोस्रो वरीयता दिन सहमत भइसकेको छ, यसलाई दुई पार्टीको एकीकरणको प्रक्रियामा राखेर टुङयाइनेछ,’ माओवादी केन्द्रका एक नेताले भने ।
ती नेताका अनुसार अध्यक्ष दाहालले पार्टीको नामको अगाडि नेकपा राख्नुपर्ने अडान लिएपछि पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भएको छ। ‘एकतापछि पार्टीको नाम नेकपा समाजवादी हुनेछ,’ स्रोतले




















