काठमाडौं । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ को उपविजेता नेपाली टोली स्वदेश आइपुगेको छ ।
नेपाली टोली डीआरयस सोमबार साँझ काठमाडौं आइपुगेको हो । इन्डोनेसियाको जकार्तास्थित इन्टरनेसनल एक्स्पोमा आइतबार भएको अन्तिम चरणको प्रतिष्पर्धामा नेपाली टोली दोस्रो भएको थियो ।
नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भएको थियो । च्याम्पियनसिपमा विश्वविजेता बन्न सफल भएको टर्कीको एसटुजी ईस्पोर्टसले ५ लाख १० हजार अमेरिकी डलर पुरस्कार पाएको थियो ।
नेपालबाटै फाइनलमा पुगेको अर्को टोली टीटुकेले १३ औं स्थान रहँदै १ लाख ३२ हजार ५ सय अमेरिक डलर पुरस्कार जितेको थियो ।



















