सरकारले एकीकृत वेबसाइट व्यवस्थापन  प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ ।

सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच  उक्त  प्रणालीको शुभारम्भ गर्नुभयो । 

सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ ।