पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा चालकले एयर ट्राफिक कन्ट्रोलरसँग गरेको अन्तिम कुराकानी सार्वजनिक भएको छ ।

आज बिहान वरिष्ठ क्याप्टेन कमल के।सी र को पाइलट अञ्जु खतिवडाले उडाएको एति एयरको विमान पोखरा विमानस्थल नजिकै अन्तिम पटक १०:५० बजेको समयमा पोखरा टावरसँग सम्पर्कमा आएको थियो ।

एटिसी टावरको सम्पर्कमा आएका चालकलाई रनवे ३० मा ल्याण्ड गर्न आग्रह गरिएकोमा उनले अर्को रनवे खाली गर्न माग गरेका थिए ।

‘रनवे थ्री जेरोमार्फत ल्याण्ड गर्न भन्दा क्याप्टेनले होइन १२ बाट आउँछु भनेर अर्को रनवे खोजेका रहेछन्’, एटीसीका एक अधिकारीले भने, ‘अर्को रनवेबाट आउन क्लियरेन्स दिने वित्तिकै दुर्घटना भयो ।’ दुर्घटना के कारण भयो भन्ने अहिलेसम्म खुलेको छैन ।

RK_Pokhara-aircrash1

पोखराको सेती खोंचमा यात्रुको उद्दारमा समस्या भएपछी भर्याङको सहायता लिँदै सुरक्षाकर्मी ।

सेती खोँचबाट सम्पर्कमा आएको एक मिनेटभित्रै दुर्घटना भएको विमानस्थल नागरिक उड्डयन कार्यालयले बताएको छ ।

दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए । तीमध्ये ६६ जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । अन्यको शब खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित छ ।

RK_Pokhara-aircrash3

पोखरामा दुर्घटना भएको यति एयरलायन्सको क्षतिग्रस्त जहाजका भागहरू ।

विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए । ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु विमानमा थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेको यति एयरलाइन्सले जनाएको छ ।

विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०:५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको थियो ।