महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा नेपाल०का शिर्ष नेताहरु बालकोट पुगेका छन्।
ठाकुरसहित गएका लोसपाका नेताहरुले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको साझा ब्यक्तित्व ठाकुर हुने भन्दै प्रस्ताव गरेका थिए, सोही प्रस्ताव लिएर साँभ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका हुन् ।
‘प्रधानमन्त्रीलाई भेटेर सहमतिको राष्ट्रपति ठाकुरजीलाई बनाउन प्रस्ताव गरेका छौं, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनु भएको छ,’ सो पार्टीका नेता राजेन्द्र महतोले भने, ‘राजनीतिक दलहरुसँग छलफल चलिरहेको र त्यसका लागि केही दिन बाँकी रहेको प्रधानमन्त्रीले बताउनु भएको छ, पार्टीले पनि भावी राष्ट्रपतिको नाम प्रस्ताव गर्न अधिकार आफुलाई दिएकाले अहिले नै निर्णयमा भने नपुगिसकेको बताउनु भयो र हामी निस्कयौं ।’
उनका अनुसार ओलीसँग साँझ भेटे पछि भोली बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट तय भएको छ ।



















