पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा पार्टी एकतालगायत  समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका  रहेको छ ।