पुस । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली राजनीति र हालै सम्पन्न विश्वकप फुटबल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन् ।
आइतबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित ४ दलको बैठकमा सहभागी भएपछि डा.भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो ? साथै डा.भट्टराईले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म देशमा एउटा वा अर्को गठबन्धनको सरकार अनिवार्य बनेको पनि टिप्पणी गरेका छन् । प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने– अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने– अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्

यस्तो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ, लचकता र त्यागको भावना देखाउनु पर्ने उनले बताए ।डा.भट्टराईले देश अस्थिरताको दलदलमा फस्नेबाट जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताए ।



















