प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकरमा आठ सदस्यीय मन्त्रिपरिषद् गठ गरिएको छ । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।
एमालेबाट ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र जसपाबाट अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् ।

बाँकी मन्त्रालयहरु सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् । अहिले सरकारमा चार दल मात्र सहभागी भएको छ । अन्य दलहरू सहभागी हुन बाँकी नै छ ।




















