इजरायलको प्रधानमन्त्रीमा बेन्जामिन नेतन्याहु फेरि नियुक्त भएका छन् । दुई वर्ष सत्ता बाहिर रहेका नेतन्याहू पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । अस्थिर राजनीति र कुनै पनि दललाई बहुमत प्राप्त नहुने क्रम दोहोरिरहँदा दुई वर्षअघि अचानक नेतन्याहुको हातबाट सत्ता गुमेको थियो ।
पछिल्लोपटक भएको निर्वाचनमा नेतन्याहु नेतृत्वको गबन्धनलाई बहुमत प्राप्त भएपछि उनले छैटौँ पटक प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेका हुन् ।
नेतन्याहु प्रधानमन्त्री भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक सन्देश पठाएर बधाई दिएका छन् । उनले नेतन्याहुको सरकारले इजरायल तथा मध्यपूर्वी देशमा शान्ति स्थापनाका लागि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे। इजरायल रुस युक्रेन युद्धमा आफूलाई तटस्थ भूमिकामा रहेको छ ।




















