सुनसरीको इटहरी उप-महानगरपलिका-१३ बाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्दिवास नगरपालिका-२ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन् । बुधबार बेलुका इटहरी-१३ का रोशन चौधरीको घर अगाडी पार्किङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।