नवराज विश्वकर्मा 

पछिल्लो समय सामाजिक सञ्जाल चलाउनेको सङ्ख्या बढेको छ । सामाजिक सञ्जालमध्ये फेसबुक, टिकटक, ट्विटर चलाउनेको सङ्ख्या बढी देखिन्छ । 

आजभोलि साथीभाइ, इष्टमित्रसँगको भौतिक रूपमा हुने भेटघाटलाई समेत सामाजिक सञ्जालले खल्लो बनाउन लागिसकेको छ । अहिले सुख, दुःखका कुरा साटासाट गर्दै भलाकुसारी गर्ने भन्दा पनि सामाजिक सञ्जालमा घोत्लिनेको सङ्ख्या बढ्दै गएको छ । सञ्चो बिसञ्चो सोध्नु भन्दा पहिला इन्टरनेटको पासवर्ड सोध्ने प्रचलन बढेको छ । 

सामाजिक सञ्जालको प्रयोग मात्र होइन दुरुपयोग पनि बढ्दै गएको छ । यसले एकातिर समाजलाई विभाजित गर्ने काम गरेको छ भने अर्कोतिर पारिवारिक र सामाजिक सद्भाव, शान्ति सुरक्षा, कानुनी मूल्य र मान्यतालाई समेत चुनौती दिएको छ । अहिले सामाजिक सञ्जालमा आउने सतही विषयमा गरिने टीकाटिप्पणीलाई हेर्ने हो भने अराजक, अनैतिक र अविवेकीहरूको जमात नेपालमा दिनानुदिन बढ्दै गएको देखिन्छ ।  

सामाजिक सञ्जालबाट नै उदाएका, बिना सङ्घर्ष स्वतन्त्रको नाममा उदाएका स्वतन्त्र सरकारका जिम्मेवारीमा बसेका बसेकाले नै सामाजिक सञ्जालको दुरुपयोग गरेर अराजकता बढाउँदै छन् । 

बहुल भाषा, संस्कृति र विविधता बिचको एकतालाई खलबल्याउने गरी सिङ्गो व्यवस्थाको विरुद्धमा भएका घटनाको समर्थ गर्ने र उक्साउने कुरा जायज हुन सक्छ र रु यदि यो संविधानप्रति हाम्रा असहमति भएकै कारण हो भने पनि गलत संविधान मान्दा जति क्षति हुन्छ नमान्दा त्यो भन्दा बढी क्षति बेहोर्नु पर्छ ।

स्वतन्त्र पार्टीका रूपमा उदाएका रवि लामिछाने हुन् वा तिनका कार्यकर्ता र आफूलाई स्वतन्त्र जनप्रतिनिधि भन्ने बालेन साह र हर्क साम्पाङले सामाजिक सञ्जालबाट गैरजिम्मेवार र बेतुकका तर्क गर्दै अरूको उछित्तो काढेर नेपाली समाजलाई फोहोरी बनाइरहेका छन् । केही समयअघि गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका लामिछानेले आजबाट म अनागरिक भए रे १ भन्दै नागरिक स्तरबाट दया भाव लिँदै ठुलो भीड आफ्नै पक्षमा पारे र दोस्रो पटकको निर्वाचनमा पनि   विजयी हासिल गरे । उनले भनेझैँ नागरिकताविहीन सबै नागरिक अनागरिक हुने हो त रु १६ वर्षभन्दा मुनिका सबै नागरिक अनागरिक नै हुन्छन् त रु अनि नागरिकता लिने उमेर पुगेका तर नागरिकता नलिएका सबै नागरिक अनागरिक हुन्छन् त रु सोचनीय विषय छ । 

रविको त्यो अभिव्यक्तिको कुनै ख्याल नगरी, अविवेकी ढङ्गले रवि ठिक भन्दै उनको यस्तो गैरजिम्मेवार अभिव्यक्तिको समर्थन गर्नेको भीड पनि कम्ती थिएन । यो देख्दा लाग्छ  देशमा भेडाहरूको जमात बढ्दै गएको छ । गैरजिम्वेवारहरुको पङ्ती लम्बिँदै छ । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले त आफ्नो श्रीमती सवार सरकारी गाडीलाई ट्राफिकले चेकजाँच गरेको भन्दै सिंहदरबारमा आगै लगाइदिने धम्की दिए । बालेनले लेखेका थिए “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु , याद राख चोर सरकार ।” 

सामाजिक सञ्जाल र चलेका मिडिया हाउसमा कार्यरत केही पत्रकारदेखि, सर्वसाधारण, पढेलेखेका, केही बौद्धिक वर्गले समेत बालेनको त्यस्तो अभिव्यक्तिलाई राम्रै समर्थन गरे । बालेनको यो अभिव्यक्तिको समर्थन गर्नेहरूको भीड व्यापक देखिन्थ्यो तर उनको अभिव्यक्तिको पटाक्षेप गर्नेहरूको सङ्ख्या कमै देखिएको थियो । के सिंहदरबारमा आगो लगाउने, अनि अरूलाई गाली गर्ने कुरा सही नै थियो त रु यो अभिव्यक्ति के कानुनसम्मत नै थियो त रु अथवा यो मानवीय अभिव्यक्ति थियो त रु काठमाडौँ महानगरको गाडीलाई चेकजाँच गर्ने कुरा गलत नै हो त रु अरूलाई कानुन लाग्ने तर बालेनकै श्रीमती भएको कारण कानुन नलाग्ने हो त रु कानुनी राज्यमा आफूलाई कानुनभन्दा माथि राखेर गाली गलौजमा उत्रिने कुरा सही हो ?

के बालेन अभिव्यक्तिलाई सही हो भनेर बचाउ र समर्थन गर्नेहरू सही हुन् त रु जिम्मेवार व्यक्तिबाट यस्तो अराजक र गलत अभिव्यक्ति आउनु भनेको कानुनी राज्यको उपहास गर्नु हैन र रु कसैले कसैलाई रिसइवी साँधेर, आवेग र उत्तेजनामा आएर गाली, गलौजमा उत्रिने कुरा पनि सही हुन सक्छ रु अहँ किमार्थ सही हुन सक्दैन ।  यो सामाजिक मर्यादा, मूल्य र मान्यता विपरीतको कुरा हो । यस्ता गलत कुराको समर्थन गर्ने भीडले समाजलाई कता लैजाँदै छ भन्ने विषयमा सबैले ठण्डा दिमागले सोच्ने कि ?  

महानगर प्रमुख बालेनले सार्वजनिक स्थान र सडक आसपास फुटपाथमा ठेला व्यापार गर्ने, मकै पोलेर, तरकारी लगायत अन्य वस्तु बेचेर गुजारा चलाइरहेका गरिब जनताको उठिबास लगाए । उनीहरूको रोदन र वेदनाको कुनै वास्ता गरिएन । सार्वजनिक स्थानमा बनेका घर, टहरा पनि बालेनले हटाए । 

अतिक्रमणमा परेका सार्वजनिक सम्पत्ति फिर्ता गरेको कुरालाई सह्रानीय मान्न त सकिन्छ तर उनीहरूको व्यवस्थापनको बारेमा सोचे कि सोचेनन् रु बालेनको कारण वर्षौँदेखि सडक व्यापार गरेर बसेका गरिब जनताको गाँस खोसिएको छ । 

घर भत्काइएको र ठेला चलाइरहेका व्यापारीले पनि बालेन प्रति आक्रोश पोख्दै महानगरमा आगो लगाइदिन्छौँ भनेर उत्रिए भने के होला रु बालेन शैलीमा बालेनले गरेका कामबाट असन्तुष्ट पक्ष उत्रिए के होला रु यसको नियन्त्रण कसले र कसरी गर्लान् रु बालेको प्रहरीले थेग्न सक्छ रु बालेन साह काठमाडौंमा सुरक्षित हुन सक्छन् ?  

पुराना अराजक भए विधि र कानूलाई मिचेर भ्रष्टाचार गरे, सुशासन कायम हुन सकेन अब थिति र विधि बसालेर देशलाई समृद्ध बनाउँछौँ भन्नेहरू नै अराजक बन्न थालेपछि उनीहरू प्रतिको आशा पानीको फोका फेटेजस्तै निराशामा परिणत भएको । अहिलेका स्वतन्त्रको गतिविधिलाई हेर्दा संविधान र कानुनलाई नटेर्नु नै स्वतन्त्रहरूको पहिचान जस्तो बनेको छ । स्वतन्त्रताको नाममा अराजकता निम्त्याउने र सस्तो लोकप्रियता कमाउने कुराले मुलुकलाई सुशासन, समृद्ध र समुन्नत बनाउन सक्दैन ।  

नेपालको संविधान २०७२ भाग १ प्रारम्भिक धारा १ मा भनिएको छ, यो संविधान नेपालको मूल कानुन हो । उपधार २ मा यस संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हुनेछ, भनिएको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद (२) मा गाली बेइज्जतीसम्बन्धी कसुरको दफा ३०५ मा गाली गर्न नहुने भनिएको छ । गाली गरेमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ भनिएको छ । गालीगलौज शैलीमा चोर सरकार, सिंहदरबार आगो लगाइदिन्छु भन्दै अराजक शैलीमा उत्रिएका बालेन अभिव्यक्तिले कानुनको अवज्ञा गरेको होइन र ? 

त्यति मात्र होइन मुलुकी अपराध संहिता २०७४ को परिच्छेद (३) दफा ८५ मा आफ्नो पदीय कर्तव्यको पालना गर्न लागेको कुनै राष्ट्रसेवकलाई कसैले जोर जुलुम वा हूल हुज्जत गरी वा अन्य कुनै किसिमले बाधा विरोध गरी कर्तव्य पालना गर्न अवरोध पुर्‍याउन नहुने र पुर्‍याएमा त्यस्तो व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ, भनिएको छ । महानगर प्रमुख बालेनले आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबार आगो लगाइदिने धम्की दिए । बालेनको यो अभिव्यक्तिले सवारी व्यवस्थापनमा खटिएका ट्राफिकलाई महानगरको गाडी चेकजाँच नगर्नु, गरे सिंहदरबार नै जलाइदिन्छु भनेको होइन र रु सवारी व्यवस्थापनमा बसेका ट्राफिकलाई कर्तव्यबाट विमुख गराउन खोजेको आशय झल्किन्छ कि ? 

यस्तै, धरानमा पनि सामूहिक रूपमा गोरु काटेर सामूहिक भोज गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भयो । तर, त्यो कानुनसम्मत थिएन किनभने मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २७ पशुपन्छी सम्बन्धी कसुर दफा ९१० गाई, गोरु मार्न वा कुट्न नहुनेस् उपदफा ९१० मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन, गाई, गोरु मारेमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ, भनिएको छ ।, तर कानुनी मान्यताका सवालमा समेत मानिसहरू विभाजित भएर एक थरी मानिसहरू कानुन विपरीतको कुरा गर्न पाउनु पर्ने माग राखेर सामाजिक सद्भाव र सहिष्णुतालाई नै खलबल्याउन खोजिरहेका छन् । 

बहुल भाषा, संस्कृति र विविधता बिचको एकतालाई खलबल्याउने गरी सिङ्गो व्यवस्थाको विरुद्धमा भएका घटनाको समर्थ गर्ने र उक्साउने कुरा जायज हुन सक्छ र रु यदि यो संविधानप्रति हाम्रा असहमति भएकै कारण हो भने पनि गलत संविधान मान्दा जति क्षति हुन्छ नमान्दा त्यो भन्दा बढी क्षति बेहोर्नु पर्छ । त्यसैले संविधानवादलाई स्वीकार गर्ने कुरामा कन्जुस्याइँ नगरौँ । 

कानुन विपरीतको अभिव्यक्ति दिनेहरू माथि कारबाही भएको देखिँदैन । समाजमा अरूलाई गलत देखाउँदै गर्दा आफूले आफूलाई त्यो भन्दा बढी गलत साबित गरिरहेको कुरा बिर्सिन्छौँ । 

पैसा लिनु दिनु मात्रै भ्रष्टाचार होइन, कानुन विपरीतका अभिव्यक्ति दिनु र गलत कुराको समर्थन गर्नु पनि भ्रष्टाचार नै हो । यसरी हरेक गलत कुराको समर्थन गर्ने अनि गलत कुरा गर्न अरूलाई हौसला दिने के हामी भ्रष्टाचारका मतियार होइनौँ र ?

सामाजिक सञ्जालबाट उदाएको घटनाले देशमा द्वन्द्व निम्त्याउने कुरा त धरानमा गोरु काटेर आएको एक भिडियोले पछि कस्तो स्थिति निम्त्यायो भन्ने कुरा हामीले देखिसक्यौँ । त्यसैले यस्ता विषयमा राज्य र नागरिक सबै सचेत बन्नु आवश्यक छ । विद्युतीय अपराध गर्नेलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्छ ।