मोरङ । अबिरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौँ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प भएका छन् ।
मुग्लिन–काठमाडौँ, सिन्धुली–काठमाडौँ, सिन्धुपाल्चोक–काठमाडौँ सहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् ।
काठमाडौँसँग अरू जिल्लाको आवतजावत टुटेको छ ।
सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ । मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्याएको छ । कतिपय ठाउँमा पुल नै बगेका छन् ।
मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ । सडकविभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिकव्यवस्था गर्ने लगायका काम थालिएको छ । यसैबीच नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितकोपहिरो खसेर अलपत्र परेका सयौँ यात्रुको उद्धार गरिएको छ ।




















