मंसिर । बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

ढाकामा बिहीबार भएको उद्घाटन खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-० को सोझो सेटमा हराएको हो ।

नेपालमाथि बंगलादेशले २६-२४,२५-२२ र २५-२१ को सेटमा जित निकालेको हो । च्याम्पियनसिपमा  आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।

अब नेपालले दोस्रो खेलमा भोलि शुक्रबार श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार किर्गिस्तानसँग खेल्नेछ ।