पुस । १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन् ।फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई आज शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
ती सुडानी नागरिकको लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु देखेपछि जाँच गरेको थियो । जाँच गर्दा सुन भन्ने पक्का भएको ज्ञवालीले जानकारी दिनुभयो । उनलाई भन्सार कार्यालयले नै आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने छ ।




















