पुस । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४’ को बिजेता करण राई बनेका छन्। आज बेलुकी ७स्३० बजेदेखि सुरु भएको ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीबीच प्रतिस्पर्दा भएको थियो ।बिजेताले रु २५ लाख सहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरे ।

टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् ।टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने । दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

‘ब्लाइण्ड’, ‘नकआउट’ ‘लाइभ’ शो हुँदै फिनालेमा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिदिएका थिए ।फिनालेमा टप १२ ट्यालेन्टहरुले नै आफ्नो प्रस्तुती दिएका थिए ।

vvvvvv

‘भ्वाइस अफ नेपाल’ पहिलो सिजन सिडी विजय अधिकारीले जितेका थिए । दोस्रो सिजन राम लिम्बू र तेस्रो सिजनको विजेता किरण गजमेर बनेका थिए । लाइभ शोअघि कोचकै सर्वाधिकार रहने र कोचले छानेका प्रतिस्पर्धी लाइभ शो मा प्रवेश गर्ने नियम छ ।

यस पटकको भ्वाइस अफ नेपालका लागि टाइटल स्पोन्सरको रुपमा बजाज पल्सर रहेको थियो । विजेताले बजाज पल्सर एन १६० मोटरसाइकल पाउने बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बताएको छ ।पल्सर एन १६० मा डुअल च्यानल एबीएस सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन ।

साथै यसमा १६५ सीसी विएस६ इन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने कम्पनीको भनाइ छ ।