विराटनगर । प्रदेश नम्बर १ का नवनिर्वाचित सांसदहरुले आफूहरुको पहिलो प्राथमिकता प्रदेश नामकरण भएको बताएका छन् । प्रदेशसभाको पहिलो प्राथमिकताको रुपमा नामकरणलाई दिई प्रदेशको नाम राख्ने उनीहरुले शपथ ग्रहणलगत्तै प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य अमृत अर्यालले प्रदेशलाई नाम दिनु आफ्नो दलको अबको पहिलो प्राथमिकता हुने बताउँदै भने, “पहिलो कार्यकालमा प्रदेशले राजधानी टुंगो लगाए पनि नामको विषय थाँती नै रहन पुग्यो । अब हामी प्राथमिकतासाथ नामकरणमा लाग्ने छौँ ।”




















