प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

बिहीबार राति भएको आगलागीमा नेपाली युवक पाण्डेको पनि ज्यान गएको थियो । साथै निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । मुख्यसचिवलाई उनको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।