राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले काठमाडौं नाइृट्सलाई पराजित गरेको छ । काठमाडौैले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
पोखराको जितमा उपुल थरंगा र सुमित मर्हजनले अर्धशतक बनाए । मर्हजन रनमा ७६ मा आउट हुँदा रहँदा थरंगा ५८ रनमा आउट भए । महर्जनले ७ चौका र ३ छक्काको सहयोगमा ७६ रन बनाएका थिए । कुशल मल्ल १४ रनमा अविजित रहे । काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा अबिनाश बोहोरा,अनिल खरेलले समान १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।
काठमाडौंका एलेक्स ब्लेकले बिष्फोटक ब्याटिङ गरेका थिए । काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । उनले २३ बलमा अर्धशतक बनाएका हुन् । यस प्रतियोगितामा नै यो सर्वाधिक छिटो अर्धशतक हो । उनले ३ चौका र ७ छक्का प्रहार गरे । सुनाम गौतमले ४५ तथा विरनदिप सिंहले ३२ रन बनाए ।
पोखराका लागि तुलबहादर थापाले २ तथा प्रतिस जिशि र कुशल मल्लले समान १-१ विकेट लिए । छ खेल खेलेर ३ जित तथा ३ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा कायमै रहेको छ । आठ खेलमा तीन जित हात पारेको पोखरा छ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा काठमाडौंले पोखरालाई हराएको थियो । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।




















