झापा । जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो ।
गए राति करिब २ बजे कृष्णमाया भण्डारीलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन् । हात्तीले आक्रमणबाट उनी घाइते भएकी थिइन । हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।
घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीमान् शान्तिरामको उपचार भइरहेको छ । स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो। एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो ।



















