विराटनगर । आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु भएको छ । विश्वभर नयाँ वर्षको उल्लासमय शुभारम्भ भईरहेका बेला नेपाल तथा विश्वभर रहेका नेपालीहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै छन् ।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
नेपाली टोपी बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिएको छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।
आज नयाँ वर्षसँगै, अन्तराष्ट्रिय ढाका टोपी दिवसको अवसरमा विश्वभर रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट आ-आफ्नो शुभकामना साटासाट गरिरहेका छन् ।



















