पाँचथरको फिदिम नगरपालिका-८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ बर्षकी बुहारी आशासिंह थेबे गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यलय फिदिमले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन । घाइतेको अवस्था सामान्य रहेको छ ।
घरमा ७ जना सुतेका थिए भने तीन जना भागेर बाच्न सफल भए । घर पुर्ण रुपमा ध्वस्त भएको छ भने आगलागी मंगलबार रातको साढे १ बजेबाट सुरु भएको थियो ।
प्रहरी नेतृत्वको टोली सहित दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणसँगै उद्वार गरिएको हो । घट्नामा ५० लाख रुपैंया भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




















