प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादीप्रहरीको बिहीबार बिदाई गरिएको छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागिम्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्नागरेको थियो ।
नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बिहीबार म्यादी प्रहरीको बिदाइ गरिने जानकारी दिए। उनका अनुसार म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिने तयारी छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपालीसेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो ।



















