पछिल्लो ११ महिनामा गौतम बृद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ लाख ३१ हजार ३ सय ३६ आन्तरिक यात्रुले यात्रा गरेका छन् । नागरिक उडड्यन प्राधिकरणको तथ्याङ्क अनुसार सन् २०२२ को जनवरी देखि नोभेम्बर सम्म सो संख्यामा आन्तरिक यात्रुले यात्रा गरेका हुन् । 

सो विमानस्थलबाट अवतरण गर्ने यात्रुको संख्या ३ लाख १६ हजार ४ सय ५३ छ भने उडान भर्ने ३ लाख १४ हजार २ सय ५१ जना छन् । प्राधिकरणका अनुसार दैनिक औसत १९ सय भन्दा बढी आन्तरिक यात्रुले यात्रा गरिरहेका छन् । त्यस्तै, सोही विमानस्थलबाट ६ महिनाको अवद्यिमा ११ हजार ७ सय ६८ अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका छन् ।

प्राधिकरणका अनुसार मे १५ देखि अक्टोबर ३० सम्म ११ हजार २ सय ९ यात्रु सो विमानस्थल हुँदै नेपाल भित्रिएका छन् । त्यस्तै, ९ हजार ९ सय ५४ जनाले नेपाल छाडेका छन् । सोही अवद्यिमा विमानस्थलबाट ९२ अन्तर्राष्ट्रिय उडान र अवतरण भएको थियो ।