धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यबीचको विवाद चर्किदै गएको छ ।
विवाद बढ्दै जाँदा मेयर साम्पाङले कार्यपालकिा सदस्यको राजीनामा मागेका छन्। शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले कार्यपालिका सदस्यहरूलाई भने, ‘तपाईंहरूले मैले भनेको नमान्ने हो भने राजीनामा दिँदा हुन्छ ।’
सदस्यहरूले लगातार कार्यपालिका बैठक बहिस्कार गरेपछि साम्पाङले पत्रकार सम्मेलन गरेका हुन् । ‘बैठकमा आउनैपर्छ भन्ने भएन, तर राजीनामा दिनुस्, मार्गप्रशस्त गर्नुस् ।’ उनीहरूलाई मेयर साम्पाङले भने ।
तर गत वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका छन । उनीहरुले विहीवार धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङ नै दोषी भएको आरोप गाएका थिए ।
उनीहरुले मेयरले कार्यपालिका सदस्यहरुबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्तिसमेत जनाए। त्यसपछि शुक्रवार मेयर साम्पाङले पत्रकार सम्मेलन गरी राजीनामा मागे ।


















