विराटनगर । प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । 

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले केही सांसदहरूको हस्ताक्षर शुक्रबार नै संकलन गरिएको र बाँकीको शनिबार गर्ने क्रम जारी रहेको बताए । उनले सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिनै लागेकाले जतिबेला पनि प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने भएकाले सांसदहरूको हस्ताक्षर संकलन गरिएको बताए ।

कांग्रेस सांसद राजेन्द्र केसीले पनि सरकारमा दाबी गर्नका लागि हस्ताक्षर संकलन भइरहेको जानकारी दिए ।