आज पोखरामा भएको यति एयरलाइन्सको विमानमा सवार १५ विदेशी नागरिकमध्ये एलेना बान्दुरो नाम गरेकी महिला हिजोमात्र नेपाल आइपुगेको खुलेको छ ।
पासपोर्ट नम्बर ७६४८१२८८७ भएकी ती महिलाले सामाजिक सञ्जालमा हिजो एक स्टोरी पोष्ट गर्दै नेपाल आइपुगेको जानकारी दिएकी थिइन् ।
आज दुर्घटनामा परेको विमानमा उनीसँगै चार जना अन्य रसियन नागरिक सवार थिए । तीमध्ये दुई महिला र दुई पुरुष हुन् ।
नागरिक उड्डयन प्राधिकरणले आज बिहान काठमाडौंबाट १०:३२ बजे पोखराको लागि उडेको यति एयरको विमान १०:५० बजे सेती खोज भन्ने स्थानमा अन्तिम पटक सम्पर्कमा आएको र त्यसको केही मिनेटमै दुर्घटना भएको जनाएको छ ।
उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार थिए । तीमध्ये २५ महिला, ३७ पुरुष तीन बालक र तीन शिशु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आज पोखरामा भएको यति एयरको विमान दुर्घटनामा परेका विदेशी नागरिकको विवरण ।

उक्त विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रशियन, दुई कोरियन, आयरल्याण्ड, अस्ट्रेलियन, अर्जेन्टनी, फ्रान्सेली एकरएक जना नागरिक सवार थिए ।
हालसम्म ६८ जनाको शव भेटिएको जनाइएको छ ।



















