रौतहट । रौतहटको वृन्दावन नगरपालिकास्थित बागमती नदीको रमौली र विश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ ।
सो झडपमा परी दुवै पक्षका चार जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नगर प्रमुख विनोद पटेलले क्रसरको नाममा मनपरी गरेको भन्दै स्थानीयवासीले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरी दिएका छन् ।
जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरका अनुसार वृन्दावनस्थित बागमति खोलाबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुवै पक्षबीच झडप भएको हो । सो झडपमा केही घाइते भएका खबर प्राप्त भएसँगै त्यसतर्फ सुरक्षाकर्मी परिचालन भइसकेको उनले जानकारी दिए । जसकाकारण अहिले अवस्था सामान्य हुँदै गएको छ ।
घटनापछि नगरप्रमुख पटेलका समर्थकहरु गौर(चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् ।



















