मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाई जीवन आचार्यलाई मन्त्री नियुक्त गरेका छन । 

दोस्रो पटक मन्त्री परिषद विस्तार गर्ने क्रममा मुख्यमन्त्री कार्कीले थप तीन जना मन्त्री नियुक्त गर्दा प्रचण्डका ज्वाई आचार्यलाई पनि समेटेका हुन । आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ हुन् । पार्टीको प्रदेश कमिटि उनलाई मन्त्री बनाउन नहुने पक्षमा भएपनि प्रचण्डको निर्देशनमा उनले मन्त्री हत्याउन सफल भएका हुन् ।

आज भएको मन्त्री परिषद विस्तारमा दुर्गा चापागाईँ, बुद्धिकुमार राजभण्डारीलाई पनि समेटेका छन । चापागाई र आचार्य माओवादी कोटावाट मन्त्री भएका हुन भने राजभण्डारी एमाले कोटावाट मन्त्री भएका हुन । आज नियुक्त भएका सबै मन्त्री विना बिभागीय हुन, उनीहरुको जिम्मेवारी चाँडै तोकिने मुख्यमन्त्री कार्कीले जनाएका छन । 

पुस २५ गते आफ्नो सपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई पनि विनाविभागीय नै राखेका छन् ।

यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् । मन्त्रीहरुको बरियतामा कार्कीपछि मेन्याङ्बो छन् भने तेस्रो बरियतामा चापागाई छन् । यस्तै चौथोमा राप्रपाका सिटौला, पाँचौमा माओवादीका आचार्य, छैटौंमा एमालेका राजभण्डारी र सातौंमा जसपाका निर्मला लिम्बूलाई राखिएको छ ।