सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।
आइतबार पोखरामा यती एयरको विमान दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री एवं सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।



















