यती एयरलाइन्सले भोलिका सबै उडानहरू बन्द गरेको छ । काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटना हुँदा अहिलेसम्म ६६ जनाको शव फेला परेको छ ।
विमान दुर्घटनामा परेका ज्यान गुमाएकाहरूको शोकमा सम्पुर्ण उडान रद्द गरेको यती एयरलाइन्सले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
साथै आपतकालिन र उद्दारका उडानहरू भने रद्द नहुने उल्लेख गरिएको छ ।



















