झापामा राँगा चोरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको झापा गाउँपालिका(४ मा रहेको अमालो मियाँको गोठमा रहेका दुईवटा राँगा चोरी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका हुन् ।
मंगलबार राती मियाँको गोठमा बाँधेका दुईवटा रागाँ चोरी भएका थिए । चोरी भएका राँगा खोज्दै जाँदा तीनजना भारतीय नागरिक मिलेर राँगा चोरी गरेर नेपालबाट भारत पुर्याएको खुलेको थियो ।
भारतीय प्रहरीको समन्व्यमा भारतमा पुर्याइएका ती राँगा नेपाल फिर्ता ल्याइएको छ भने उक्त कार्यमा संलग्नमोहमद नाजिर ९वर्ष २२० लाई चोरी गरी लगेको २ वटा राँगा सहित नेपाल भारतको दशगजा सिमा क्षेत्रमा फेला पारी नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका ती भारतीय नागरिकमाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरेर झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको डिएसपी बसन्त पाठकले बताए ।
पाठकका अनुसार उक्त घटनामा संलग्न अन्य दुई व्यक्तिको भारतीय प्रहरीको समन्व्यमा खोजतलास जारी छ ।
नेपालका सीमा क्षेत्रबाट गाइबस्तु चोरी हुने क्रम एकरदुई दशकदेखि नै जारी रहेतापनि पछिल्ला दिनहरूमा यस्ता घटनाहरुमा कमि आउन थालेको छ ।




















